• vacancy ad
  • नक्कली सुन बेच्दै हिँड्ने गिराेह नै पक्राउ

  • Ad Space available
  • पोखरा- कास्की प्रहरीले नक्कली सुन बेच्दै हिँडेका सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक सुनका कालीगढसहित सात जना रहेका छन्।

    प्रहरीले पोखराको सिर्जनाचोकमा रहेको पर्वत सुनचाँदी पसलमा कालीगढको काम गर्ने भुवन विकसहित पर्वत रुघुगंगा गाउँपालिका ३ राखुकी ४२ वर्षीया विमला परियार, पोखरा २ मिरुवाका ४२ वर्षीय गणेशबहादुर दर्जी, रामेछापको सुकाजोर नगरपालिका ७ का अनिल भुजेल, सर्लाहीको बागमती नगरपालिका १ का ईन्द्रबहादुर बलमपाकी, चितवन टाँडी २ का भुवन विक र चितवन राप्ती ९ का प्रकाश परियार रहेका छन्। 

    उनीहरूको साथबाट प्रहरीले सुनजस्तै पहेँलो देखिने ६५४ ग्राम धातु बरामद गरेको जनाएको छ। नक्कली सुन बेच्न हिँडेको सूचनाको आधारमा प्रहरीले विमलाको पोखरा २ मिरुवामा रहेको कोठाबाट पहेलो धातुसहित उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

    सिफारिस
    लोकप्रिय