काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै निकायका कर्मचारीलाई २० भदौ भित्र सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ।
मन्त्रालयले दुई वर्षको सम्पत्ति विवरण पेश गर्न भन्दै १२ साउनमा मातहतका सबै निकायलाई पत्राचार गरेको छ।
मन्त्रालयले २०७६/७७ र २०७७/७८ को सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको हो। मन्त्रालयले मातहतका विभागहरू, प्रतिष्ठानहरू, केन्द्रहरू, अस्पतालहरू र परिषद्हरूमा कार्यरत निजामति कर्मचारीबाहेक अस्थायी/स्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई सम्पती विवरण भर्न निर्देशन दिएको हो।
उनीहरूकोको सम्पति विवरण राष्ट्रिय सर्तकर्ता केन्द्रको डाटाबेसमा इन्ट्री गर्नुपर्ने भएकाले २०७७/७८ को सम्पत्ति विवरण नाम, पद खुल्ने गरी पेश गर्न भनिएको छ।
सिफारिस
लोकप्रिय