• vacancy ad
  • चीनमा आलोचक अर्बपतिलाई १८ वर्ष जेल सजाय

  • Ad Space available
  • बीबीसी। चीनले प्रमुख उद्योगपतिहरूलाई दण्डित गर्ने पछिल्लो कदमअन्तर्गत हक्की स्वभावका एक प्रसिद्ध अर्बपतिलाई १८ वर्षका लागि जेल सजाय गरेको छ।

    सन दावूले उत्तरी हेबेई प्रान्तमा रहेको देशका सबैभन्दा ठूलामध्ये एक निजी कृषि व्यवसाय सञ्चालन गर्दै आएका छन्।

    ad space

    ६७ वर्षीय सनले विगतमा मानव अधिकार तथा राजनीतिक रूपमा संवेदनशील विषयहरूका बारेमा बोलेका थिए।

    झैझगडा सुरू गरेको र समस्या निम्त्याएको आरोपमा उनलाई दोषी पाइएको छ। त्यो आरोप प्रायः अधिकारकर्मीहरूमाथि लगाउने गरिएको छ।

    उनीमाथि लगाइएका अन्य आरोपमा गैरकानूनी रूपमा खेत कब्जा गरेको, राज्यका निकायहरूमाथि आक्रमणका लागि भिड जम्मा पारेको र सरकारी मजदुरहरूको काममा अवरोध पुर्‍याएको लगायत छन्।

    उनलाई ३१ लाख १० हजार युआन जरिवाना पनि तिर्न लगाइएको छ।

    अर्बपति सनको कम्पनी चीनका ठूला कम्पनीमा पर्छ जुन कम्पनीले मासु प्रशोधनदेखि घरपालुवा जनावरका खाना उत्पादन र विद्यालय तथा अस्पताल क्षेत्रसम्ममा काम गर्छ।

  • ad space
  • सिफारिस