तीन बर्षअगाडि रिलिज भएको ‘माछीले खाने खोलीको लेउ’ बोलको गीतले युट्युबमा करिब ५ करोड भ्युज पाएको छ । सरोज ओली र मेलिना राईको आवाजमा रहेको गीतमा दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत रहेको थियो ।
सोही गीतको दोश्रो पार्ट ‘माछिलाई खोलीको लेउ’ बिहिबार सार्वजनीक गरिएको छ । दिनेश थपलियाको शब्द र बसन्त सापकोटाकै संगीत रहेको दोस्रो पार्टमा हरिवंश आचार्य र मेलिना राईको आवाज भरेका छन् ।
विक्रम स्वारको निर्देशनमा तयार भएको भिडियोमा हरिवंशसँगै अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री केकी अधिकारि र अभिनेता पल शाहको अभिनय रहेको छ । विक्रमकै कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने भुपेन्द्र अधिकारी र सुवर्ण दुलालले भिडियो सम्पादन गरेका छन् ।
सिफारिस
लोकप्रिय