• vacancy ad
  • संसद् अधिवेशनमा विधेयक अघि बढाउनेबारे सभामुख र गृहमन्त्रीबीच छलफल

  • Ad Space available
  • काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच संघीय संसद्को अधिवेशनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरुबीच संसद्को चालू अधिवेशनमा विधेयक अघि बढाउनेलगायतका विषयमा छलफल भएको हो। सभामुख सापकोटा र मन्त्री खाँणबीच यस वर्ष बाढीपहिराका कारण देशभर उत्पन्न विपत्ति र त्यसको व्यवस्थापनका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको छ।

    ad space

    सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाँणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितको पुनःस्थापनाको कार्य अघि बढाउने जानकारी दिए।

    उनले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितका नाममा सर्वसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताए।

    यस वर्ष मनसुनको शुरुआतसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ठूलो क्षति पुगेपछि सरकारले दुवै जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।

    गत वर्ष पनि बाढी पहिराका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो।

  • ad space
  • सिफारिस
    लोकप्रिय