कोरोनाको सङ्क्रण निरन्तर बढेको छ ।
पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका ९ हजार २ सय ९२ पीसीआर र ७ सय ८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । उनका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो।
भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण बढेपछि रुपन्देहीमा सवारी साधनमा जोरबिजो प्रणाली लागू हुने भएको छ । १४ बैशाख देखि कार्यन्वयन हुनेगरी आइतबार सिडियो अस्मान तामाङ्क अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय लिएको हो ।
सिफारिस
लोकप्रिय