• vacancy ad
  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

  • Ad Space available
  • प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान भेटवार्ता भएको हो ।

    उनीहरूबीच करिब १ घण्टा छलफल भएको थियो । उनीहरूबीच मन्त्रिपरिषद् बिस्तारका विषयमा छलफल भएको बताइएको छ । बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो ।

    ad space

    २७ असारमा प्रधानमन्त्री नियुक्त भएको कांग्रेस सभापतिसमेत रहेका देउवाले आफूसँग चार जनालाई मन्त्री बनाएकोँ थिए । त्यपछि उनले एक जना स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन् ।

    गठबन्धनबाट मन्त्री र मन्त्रालयको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारमा समस्या देखिएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय