काठमाडाैं। नेकपा माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेकोप्रति आपत्ति प्रकट गरेको छ।
माओवादीको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड, अध्यक्ष प्रचण्डको नक्कली हस्ताक्षर राखेर सिंगो पार्टीपंक्ति, पाँचदलीय गठबन्धन र आमजनसमुदायमा समेत भ्रम सिर्जना गर्ने उद्देश्यका साथ सामाजिक सञ्जालमा मन्त्रिमण्डल विस्तार सम्बन्धमा भन्दै गलत सूचना प्रवाह गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
यस किसिमका किर्ते र झुट प्रचारको भ्रममा नपर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ। प्रविधिको प्रयोग गरेर भ्रम फैलाउनेलाई कडा कारबाही गर्न पनि माओवादीले माग गरेको छ।
सिफारिस
लोकप्रिय