• vacancy ad
  • राष्ट्रपतिद्वारा सेनाको युद्ध संग्रहालय उद्घाटन

  • Ad Space available
  • सिन्धुलीगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा रहेको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छन् ।

    नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय एकताको भावना भन्ने मुल नाराका साथ एकीकरण मार्ग अन्तर्गतका इतिहास र एैतिहासिक धरोहरको संरक्षण र संवर्द्धन गर्दै आएकोमा युद्ध कला संग्रहालय एक रहेको छ ।

    ad space

    कमलामाई नगरपालिकासँगको सहकार्यमा निर्माण सम्पन्न सिन्धुलीगढी युद्ध संग्रहालय निर्माण भएको हो ।

    २४ कात्तिक ०७६ मा उपप्रधान तथा रक्षा मन्त्रीले शिलान्यास गरी निर्माण कार्य प्रारम्भ भएको थियो । ६ करोड ५० लाखको लागत र करिब डेढ वर्षको अवधिमा सम्पन्न भएको संग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ ।

    २५ असोज १८२४ मा आधुनिक नेपालका प्रणेता राष्ट्रपिता पृथ्वीनारायण शाहको राजनीतिक सोच साथै सैनिक कुशलताका कारण शक्ति सम्पन्न ईष्ट इण्डिया कम्पनीको विशाल फौजलाई विफल पारिएपछि नेपाल एकीकरण सम्भव भएको थियो ।

    संग्रहालयमा लोपोन्मुख तथ्यपरक ऐतिहासिक घटनाक्रम, वीर योद्धाको परिचय र तत्कालीन समयमा प्रयोग भएका हातहतियार राखिएका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय