• vacancy ad
  • भारतमा रोकिएको बसमा ट्रक ठोक्किँदा १८ जनाको मृत्यु, २५ घाइते

  • Ad Space available
  • काठमाडौं । भारतको उत्तर प्रदेशमा एउटा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा १८ यात्रुको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशस्थित बारबन्की जिल्लाको मंगलबार राति लखनय-अयोध्या हाइवेमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा १८ जनाको मृत्यु भएको छ ।

    बसमा सवार अन्य २५ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । पञ्जाबको लुधियानादेखि बिहार जाँदै गरेको निजी बसमा पछाडिबाट ट्रकले ठक्कर दिएको हो ।

    ad space

    सडकको छेउमा रहेको बसलाई ट्रकले ठक्कर दिएको बीबीसी हिन्दीले ेजनाएको छ । समाचारमा जनाइएअनुसार बस बिग्रिएपछि सडक किनारामा खडा गरिएको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय