

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अपिल गरेको छ । आइतबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमण दर बढ्दै गए अस्पतालमा ठाउँ नपुग्ने अबस्था आउन सक्ने संकेत गर्दै संक्रमणको फैलावट रोक्न सबै जिम्मेवार हुनुपर्ने बताएको हो । ‘संक्रमणको चक्रलाई रोक्न सकिएन भने र यही गतिमा फैलिँदै गएको अवस्थामा अस्पतालमा ठाउँ हुनेछैन । व्यक्ति व्यक्तिबाट निर्वाह हुने भूमिकालाई बिचलित हुन नदिऔँ,’ विज्ञप्तिमा भनिएको छ ।
नेपालका विभिन्न स्थानमा भारतमा जस्तै संक्रमितहरूको उपचार तथा हेरचाहमा समस्या आउन थालेको मन्त्रालयले जनएको छ ।
‘कसैको पनि परिवार वा आफन्तमा नघटोस् भन्नका लागि हामी सबैले संक्रमणको फैलावटलाई रोक्ने गरी जिम्मेवार बन्न र बनाउन अत्यावश्यक छ । संक्रमण रोकथामका लागि नेपाल सरकारले तोकेको मापदण्डहरू निर्विकल्प उपाय हुन्,’ मन्त्रालयले उल्ल्ख गरेको छ ।