• vacancy ad
  • भरुवा बन्दुकसहित जनप्रतिनिधि पक्राउ

  • Ad Space available
  • काठमाडौँ । खोटाङमा एकजना जनप्रतिनिधि भरुवा बन्दुकसहित पक्राउ परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का वडा सदस्य पर्शुराम बाँनियाँलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    बाँनियाँसहित तीन जनालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो। उनीहरुले घरमा भरुवा बन्दुक लुकाएर राखेको भनेर स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा खानतलासी गर्दा भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।

    ad space

    वडा सदस्य बाँनियाँसगै सोही ठाउँका ६९ वर्षीय मदनबहादुर बानियाँ र ३३ वर्षीय मिलन बानियाँलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिए। उनीहरुविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरी कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ।

    वडा सदस्य परशुरामको घरबाट एक थान भरुवा बन्दुक, मदनबहादुरको घरबाट छर्रा र बारुदसमेत लोड गरेको एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने १५० ग्राम बारुद, ४०० ग्राम धातुका छर्रा र सलाई तथा मिलनको घरबाट छर्रा, बारुद लोड गरेको एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरी निरीक्षक साहले बताए।

    थप अनुसन्धानका लागि उनीहरुलाई जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

  • ad space
  • सिफारिस