• vacancy ad
  • बलात्कार आरोपमा असई पक्राउ

  • Ad Space available
  • काठमाडौँ । युवतीलाई बलात्कार गरेको आरोपमा झापामा कार्यररत असई सुनसरीमा पक्राउ परेका छन्। सप्तरीको बोदे बर्साइन नगरपालिका १ धनगढी घर भई झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत असई ३९ वर्षीय जितेन्द्र मण्डललाई युवती बलात्कार आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो।

    एक २३ वर्षीया युवतीले यही साउन ९ गते सुनसरीको इटहरस्थित इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि असई मण्डल आफैं प्रहरी कार्यालयमा उपस्थिति भएका थिए।

    ad space

    मंगलबार नै सुनसरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    असई मण्डलले आफूलाई विभिन्न मितिमा विभिन्न स्थानमा बलात्कार गर्ने क्रममा पछिल्लोपटक गत चैत २८ गते सुनसरीको इटहरीमै बलात्कार गरेको युवतीले उजुरीमा उल्लेख गरेकी छन्।

  • ad space
  • सिफारिस