• vacancy ad
  • भारतमा १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम

  • Ad Space available
  • एजेन्सी। भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। भारतमा १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम भएको हो।

    हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय सङ्क्रमित रहेका छन्। गत २४ घण्टाको अवधिमा भारतमा कोरोना सङ्क्रमणका कारण ४१६ जनाको मृत्यु भएको छ।

    ad space

    यसैसँगै यहाँ कोरोना सुरू भएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख २१ हजार ३८२ पुगेको छ। गत २४ घण्टामा ४२ हजार ३६३ जना व्यक्ति कोरोना मुक्त भएपछि कुल तीन करोड ६ लाख २१ हजार ४६९ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन्।

    सङ्क्रमणमुक्त भएकाहरुको यो सङ्ख्या ९७.३९ प्रतिशत हो। अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म ४४ करोड १९ लाख भन्दा बढी डोज खोप कोरोनाभाइरसविरुद्ध लगाइएको छ।

    त्यसैगरी देशभरी अहिलेसम्म ४५ करोड ९१ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • ad space
  • सिफारिस