• vacancy ad
  • प्रभुराम शर्मालाई कार्यबहाक प्रधानसेनापति बनाउने मन्त्रिपरिषद्को निर्णय

  • Ad Space available
  • काठमाडौं। सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो।

    योसँगै बलाधिकृत र बलाध्यक्ष रथीको जिम्मेवारी सम्हालिरहेका शर्मा भावी सेनापति बन्ने निश्चित भएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन्।

    अवकाशको एक महिनाअघि बिदामा बस्ने परम्परा अनुसार थापा २४ साउनबाट बिदामा बस्दैछन्। थापा बिदामा बसेपछि शर्मा कामु सेनापति बन्नेछन्।

    सिफारिस
    लोकप्रिय