• vacancy ad
  • कोरोना संक्रमितको संख्या बढ्दै, एकैदिन थपिए ३,८९९ संक्रमित

  • Ad Space available
  • काठमाडाैं। पछिल्लो २४ घन्टामा ३ हजार ८९९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार आज १७ हजार ५१८ मा परीक्षण गर्दा तीन हजार ८९९ मा सङ्क्रमण पुष्टि भएको हो। यो सङ्ख्या सोमबारभन्दा ४७८ ले बढी हो।

    ad space

    सङ्क्रमितसँगै मुलुकभर सङ्क्रमितको सङ्ख्या सात लाख ४२ हजार ८१७ पुगेको छ। सङ्क्रमण दर १९.२ प्रतिशत छ।

    सङ्क्रमणबाट स्वास्थ्यलाभ गरेर आज एक हजार ७७८ फर्किएका छन्। योसँगै निको हुनेको सङ्ख्या ६ लाख ४७ हजार ७९ पुगेको छ। निको हुने ९४.४ प्रतिशत रहेको छ।

    यसैगरी सङ्क्रमणबाट आज २२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या नौ हजार ७५८ पुगेको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय