• vacancy ad
  • आज बस्ने प्रतिनिधिसभा बैठकका यी हुन् सम्भावित कार्यसूची

  • Ad Space available
  • प्रतिनिधिसभाको बैठक मंगलबार १ बजे बस्दै छ । मंगलबारको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त स्वास्थ्य राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।

    त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने कार्यसूची रहेको छ। त्यस्तै सभामुखले शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

    ad space

    माओवादी केन्द्रका नेता तथा विसं २०४८ मा तत्कालिन संयुक्त जनमोर्चा नेपालबाट सिराहाको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय