• vacancy ad
  • माधव नेपाल र खगेन्द्र संग्रौलालाई धम्क्याएका महेस बस्नेतले दिए यस्ताे स्पष्टीकरण

  • Ad Space available
  • काठमाडौँ । नागरिक अगुवासमेत रहेका वरिष्ठ लेखक खगेन्द्र संग्रौला र आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपाललाई धम्की दिएको कुरा सार्वजनिक भएपछि एमाले नेता महेश बस्नेतले स्पष्टीकरण दिएका छन्।

    उनले आफूले कसैलाई नधम्क्याएको दाबी त गरेका छन्, तर घुमाउरो तरिकाले उनले ‘बाधा अड्चन आइपरे मात्र हटाउनेछ’ भनेर धम्की नै दिएका छन्।

    ad space

    ‘जहाँसम्म अस्ति २०७८ साउन ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषणा सभामा मैले बोलेको विषय छ, न खगेन्द्र बाजेलाई धम्की दिएको छ, न माधव नेपाल कमरेडलाई थर्काएको छ,’ सामाजिक सञ्जालमार्फत सोमबार उनले भनेका छन्, ‘युथ फोर्सले जाई कटक नगर्नू, झिकी कटक गर्नू भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ। सहज ढंगले आफ्नो लक्ष्यमा हिँड्नेछ। बाधा अड्चन आइपरे मात्र हटाउनेछ। एमालेको पंक्ति र जनतासँग शत्रुता साँध्ने शक्तिबाहेक कोही त्रसित हुन आवश्यक छैन।’

    ‘झिकी कटक गर्नू’, ‘बाधा अड्चन आए मात्र हटाउनेछ’, ‘एमालेको पंक्ति र जनतासँग शत्रुता साँध्ने शक्तिबाहेक कोही त्रसित हुन आवश्यक छैन’ को अर्थ ‘निहुँ खोज्ने’लाई छाडिँदैन भन्ने अर्थ दिँदैनन र? यसो भनेको एमाले वा युथ फोर्सको आलोचना गरेमा भने बाँकी राखिँदैन भनेको होइन र!

    तैपनि बस्नेतले लेखेका छन्, ‘खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन्। गाली शिरोमणिको उपमा पाएका बाजे अरूलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन्। म भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको मान्छे हुँ, राजनीतिक रूपमा पनि ज्येष्ठ नागरिक र अग्रजहरूको सम्मान गर्ने एमाले, उक्त पार्टीका नेताहरू मनमोहन अधिकारी र केपी ओलीको अनुयायी हुँ, सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो। धम्क्याउने, थर्काउने मेरो शैली होइन।’

  • ad space
  • सिफारिस
    लोकप्रिय