• vacancy ad
  • उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता

  • Ad Space available
  • काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ।

    यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यले सनाखत गरेपछि आयोगले उनको पक्षलाई आधिकारिकता दिएको हो।

    ad space

    जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो।

    ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका छन् भने महन्थ ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्।

    टीकापुर हत्याकाण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका रेशम चौधरी भने आयोगमा उपस्थित भएर तटस्थ बसेका छन्।

    आयोगले यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेपछि अर्को पक्षलाई नयाँ नाम र नयाँ चुनाव चिह्नसहित आउन निर्वाचन आयोगले मौका दिएको छ।

    २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको जसपामा पछिल्लो समय आधिकारिकताको विषयलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद थियो।

  • ad space
  • सिफारिस
    लोकप्रिय