• vacancy ad
  • जसपाको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ

  • Ad Space available
  • काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताका विषयमा निर्वाचन आयोगमा सनाखतका लागि पुगेका रेशम चौधरी तटस्थ बसेका छन्।

    डिल्लीबजार कारागारबाट आयोग पुगेका चाैधरीले कुनै पक्षमा पनि हस्ताक्षर गरेनन्। आधिकारिता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो।

    ad space

    उनले दुवै अध्यक्षहरूप्रति आफ्नो सम्मान रहेको चाैधरीले बताए। उनले भने,
    ‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन। मेरो पक्ष र विपक्ष दुवै जसपा हो।

    महाभारतको प्रसंग कोट्याउँदै उनले पार्टीको आधिकारिकता जसले पाए पनि अध्यक्ष महन्थ ठाकुरलाई भीष्म पितामहको दर्जा दिन आग्रह गरे।

  • ad space
  • सिफारिस