काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । आइतबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।
पार्टी एकताका विषयमा बैठक केन्द्रित हुने छ । हिजो बसेको बैठकमा स्थायी कमिटी सदस्यहरुले पार्टी एकता गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । “एकता गरेर जानुपर्छ भनेर धेरै साथीहरूले राय राख्नुभयो । छलफल टुंगिएको छैन । सोमबार पनि बस्छ,” । नेता रघुजी पन्तले भने ।
बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा पनि छलफल भएको थियो । कार्यादलका संयोजकसमेत रहेका नेता भीम रावलले १० बुँदे प्रस्तावबारे ब्रिफिङ गरेका थिए ।
एमाले एकताका लागि दबाब दिन भन्दै आइतबार सांसदहरूले कार्यदलका सदस्यहरूसँग छलफल पनि गरेका थिए ।
सिफारिस
लोकप्रिय