• vacancy ad
  • तालिबान लडाकुलाई सहरमा छिर्न नदिन अफगानिस्तानमा एक महिना कर्फ्यू

  • Ad Space available
  • एजेन्सी। अफगान सरकारले तालिबान विद्रोहीलाई सहरहरू कब्जा गर्न नदिन देशका अधिकांश भागमा एक महिना लामो कर्फ्यू लगाएको छ।

    राजधानी काबुल र अरू दुईवटा प्रान्तबाहेक अन्यत्र राति १० बजेदेखि बिहान ४ बजेसम्म आउजाउमा प्रतिबन्ध लगाइएको छ।

    ad space

    अफगानिस्तानबाट विदेशी सैनिकहरू फिर्ता हुन थालेसँगै तालिबानले देशको ठूलो हिस्सा कब्जा गरेको छ। अबको लडाइँको केन्द्र बढी जनघनत्व भएका सहरी क्षेत्र हुने देखिएको छ।

    विदेशी सेनाको प्रवेशसँगै २० वर्षअघि अफगानिस्तानमा पुनः तालिबानले प्रमुख सडकहरू कब्जामा लिएर आपूर्ति कटौती गर्ने प्रयास गरिरहेको छ।

    कैयौं महत्त्वपूर्ण सहरनजिकै तालिबान लडाकुहरू पुगे पनि उनीहरूले अहिलेसम्म तिनमा नियन्त्रण कायम गर्न सकेका छैनन्।

    आन्तरिक मामिला मन्त्रालयले नयाँ कर्फ्यूले हिंसालाई नियन्त्रण गर्ने र तालिबानको हिँडडुललाई सीमित तुल्याउने लक्ष्य लिएको जनाएको छ। काबुल, पान्जसिर र नाङ्गहारमा निषेधाज्ञा नलगाइने भएको छ।

    तालिबान लडाकुहरू अघि बढिरहँदा कान्दहारको बाहिरी क्षेत्रमा भीषण झडपहरू भएका छन्। अमेरिकी नेतृत्वको फौजले सन् २००१ को अक्टोबरमा तालिबानलाई सत्ताबाट हटाएको थियो।

    उक्त समूहले ओसामा बिन लादेन र सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आक्रमण गर्ने अरू व्यक्तिहरूलाई संरक्षण दिएको थियो।

  • ad space
  • सिफारिस
    लोकप्रिय