• vacancy ad
  • राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने पक्राउ

  • Ad Space available
  • काठमाडाैं। नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेर टिकटक बनाउने एक जनालाई पक्राउ गरेको छ।

    प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो तोडमोड गरी ‘ट्रोल भिडियो’ बनाइ सामाजिक सञ्जाल टिकटकमा पोष्ट गर्ने झापा मेचीनगरका सोमप्रसाद घिमिरेलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

    ad space

    ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले सामाजिक सञ्जालमार्फत राष्ट्रपति र प्रधानमन्त्रीको चरित्र हत्या गरेकाले पक्राउ गरिएको जानकारी दिए।

    पक्राउ परेका घिमिरेलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको सो ब्यूरोले जनाएको छ। घिमिरेलाई जिल्ला अदालत झापाको आदेशले सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए।

  • ad space
  • सिफारिस
    लोकप्रिय