• vacancy ad
  • बैंकिङ कसुरमा फरार भण्डारी पक्राउ

  • Ad Space available
  • काठमाडाैं। नेपाल प्रहरीले १० लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १० लाख जरिवाना गरेपछि फरार रहेकी काठमाडौं बुढानीलकण्ठकी ४५ वर्षीय निता भण्डारीलाई आज पक्राउ गरेको हो।

    ad space

    ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७८ वैशाख ६ गतेको फैसलापछि चार दिन कैद र बिगो बमोजिम १० लाख जरिवाना ठहर गरेपछि फरार रहेकी भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए।

    पक्राउ परेकी भण्डारीले आफ्नो मुक्तिनाथ विकास बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन्।

    उच्च अदालतले भण्डारीलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम सजाय सुनाएको थियो। पक्राउ परेकी भण्डारीलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता महतोले बताए।

  • ad space
  • सिफारिस