काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गरेका छन्।
उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको बताएका छन्। उनले फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन्।
कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी २०७७ सालको चैतमा नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।
सिफारिस
लोकप्रिय