• vacancy ad
  • देशभर थप २,२३७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

  • Ad Space available
  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    ad space

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन्।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ। तीमध्ये ९ हजार ७१३ जनाको मृत्यु भएको छ भने २४ हजार ५८४ जना होम आइसोलेसनमा रहेका छन्।

  • ad space
  • सिफारिस