• vacancy ad
  • प्रचण्डमाथि खगेन्द्र संग्रौलाको यस्तो आरोप

  • Ad Space available
  • काठमाडाैँ । वरिष्ठ लेखक तथा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले वैचारिक सांस्कृतिक पतनको कारण नेकपा (माओवादी केन्द्र)का नेताहरु पदलोलुप बन्दै गएको आरोप लगाएका छन्।

    सामाजिक सञ्जाल मार्फत् संग्रौलाले माओवादीका सांसदले मन्त्री पदको लागि मरिहत्ते गर्नुमा अध्यक्ष प्रचण्डकै कमजोरीले काम गरेको भन्दै आलोचनासमेत गरेका छन्।

    ad space

    शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका सबै सांसद मन्त्री बन्न मरिहत्ते गरिरहेका भन्दै त्यसले आफूलाई मानसिक तनाव सिर्जना गरेको बताएका थिए।

    ‘पुष्पकमलले आफ्नो दलका उनन्चासै सांसदले मन्त्री बन्न हत्ते हालेर आफूलाई मानसिक आतंक प्रदान गरे भन्दा मेरो मनमा एउटा प्रश्न उठ्यो,’ संग्रौलाले आइतबार बिहान ट्वीटरमा लेखेका छन्, ‘यी याबत् सांसद कसको सुयोग्य कमाण्डमा वैचारिक- सांस्कृतिक दृष्टले यतिसाह्रो पतीत भएका हुन्? देशी-विदेशी प्रतिक्रयावादीको कमाण्डमा त होइन होला!’

  • ad space
  • सिफारिस
    लोकप्रिय