• vacancy ad
  • युथफोर्सले गरेको फोहोर गोविन्द केसीले उठाए

  • Ad Space available
  • काठमाडाैँ ।  नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालले युथफोर्सको उपत्यका कमाण्ड घोषणाका क्रममा राजधानीको माइतीघरमा गरेको फोहोर डा. गोविन्द केसीसहितले उठाएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको बेथितिविरुद्ध आन्दोलनमा जम्मा भएका डा. केसीसहितले युथफोर्सले सडक र बगैँचामा गरेको फोहोर उठाएका हुन्। 

    उक्त फोहोर डाक्टर केसी र विवेकशील साझाका संयोजक मिलन पाण्डेसहितले उठाएर पोको पारेका हुन्। युथफोर्सका कार्यकर्ताले प्रयोग गरेका झण्डा, पम्प्लेटदेखि प्लास्टिकसम्मका सामाग्री लगायतका फोहोर केसीले उठाएका हुन्। युथफोर्सका कार्यकर्ताले सडकभरी बोत्तल, सूर्य चिन्हसहितको क्याप, कपडा र चुरोटका ठुटा फालेका थिए। 

    ad space
  • ad space
  • सिफारिस