• vacancy ad
  • झन् बढ्यो कोरोना सङ्क्रमण, थप ३,११४ जनामा पुष्टि

  • Ad Space available
  • काठमाडाैं। नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार ११४ पुगेको छ।

    यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख ७९ हजार १७ पुगेको छ। शुक्रबार सङ्क्रमितको सङ्ख्या दुई हजार ९७७ थियो।

    ad space

    पछिल्लो २४ घण्टामा थप १० हजार ६३५ जनाको पीसीआर परीक्षण तथा चार हजार २८५ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पीसीआर विधिबाट दुई हजार ३०९ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

    हालसम्म ६ लाख ४१ हजार ५६५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर दुई हजार १९७ सङ्क्रमित निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ।

    काठमाडौं उपत्यकामा पछिल्लो समय ६१५ सङ्क्रमित थपिएका छन्। काठमाडौंमा ४२१, भक्तपुरमा ८६ तथा ललितपुरका १०८ जना संक्रमित थपिएका छन्।

    पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६९५ पुगेको मन्त्रालयले जनाएको छ। शुक्रबार कोरोनाबाट १८ जनाको मृत्यु भएको थियो।

  • ad space
  • सिफारिस
    लोकप्रिय