• vacancy ad
  • चीनले लगायो अमेरिकी अधिकारीहरूमाथि प्रतिबन्ध

  • Ad Space available
  • एजेन्सी। हङकङस्थित चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएपछि चीनले कैयौं अमेरिकी नागरिक र संस्थाहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। चीनले लगाउने प्रतिबन्धको सूचीमा पूर्वअमेरिकी वाणिज्यमन्त्री विल्बर रस पनि छन्।

    अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनुअघि बेइजिङले सो निर्णय गरेको हो।

    ad space

    हङकङमा गरिएका सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो।

    वाशिङ्टनले आफ्नो व्यापारिक समुदायलाई हङकङमा काम गर्दा जोखिम बढिरहेको चेतावनी दिएको छ।

    गत वर्ष भएका विशाल लोकतन्त्र पक्षधर प्रदर्शनहरूपछि चीनले हङकङमा नयाँ सुरक्षा कानुन कार्यान्वयनमा ल्याएको थियो।

    त्यसले देशको विभाजन, देशद्रोह र विदेशी शक्तिहरूसँग गठजोड गर्नेविरुद्ध आजीवन काराबासको अधिकतम सजाय तोकेको छ।

    चिनियाँ विदेश मन्त्रालयले हालै अमेरिकाले हङकङको व्यावसायिक वातावरण धमिल्याउने गरी औचित्यहीन प्रतिबन्ध घोषणा गरेको भन्दै त्यसले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको चरम उल्लंघन गरेको जनाएको छ।

    उसले पूर्वमन्त्री रससहित अमेरिकाका सात नागरिक र निकायमाथि प्रतिबन्ध लगाइने पनि जानकारी दिएको छ।

    राष्ट्रपति डोनल्ड ट्रम्पको वाणिज्य मन्त्रीका हैसियतमा रसले पूर्वअनुमति नलिइ अमेरिकी फर्महरूसँग कारोबार गर्न पाउने चिनियाँ फर्महरूको सङ्ख्या विस्तार गरेका थिए।

    त्यसबाट ह्वावेई र जेडटीईजस्ता अग्रणी चिनियाँ प्रविधि कम्पनी प्रभावित भएका थिए।

    चीनको प्रतिबन्धमा पर्नेमा ह्युमन राइट्स वाचकी चीन निर्देशक सोफी रबिन्सन, यूएस-चाइना इकोनोमिक एण्ड सेक्युरिटी रिभ्यू कमिसनका अध्यक्ष क्यारोलिन बार्थलमीउ र इन्टरन्याश्नल रिपब्लिकन इन्स्टिच्यूटका एडम किङ छन्।

    ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले चीनले बदलामा चालेको कदमले अमेरिका विचलित नहुने प्रतिक्रिया दिएकी छन्।

    अमेरिकी उपमन्त्री बेइजिङ जाँदै

    राष्ट्रपति ट्रम्पको कार्यकालमा बेइजिङ र वाशिङटनबीचको सम्बन्ध थप चिसिएको थियो।

    कोभिड-१९ को उत्पत्ती, मानव अधिकार र साइबर सुरक्षा जस्ता विषयमा अझै पनि सो सम्बन्ध तिक्ततापूर्ण छ।

    यो सप्ताहान्त बिग्रँदो सम्बन्धलाई सम्बोधन गर्ने उपायबारे छलफल गर्न सेरमन चीन जाँदैछिन्।

    राष्ट्रपति बाइडनले सत्ता सम्हाले यता बेइजिङ भ्रमण गर्ने उनी सबैभन्दा वरिष्ठ अधिकारी हुन्। चीनको प्रतिबन्ध सामना गर्ने ट्रम्प प्रशासनका पछिल्ला अधिकारी रस हुन्।

    गत जनवरीमा चीनले पूर्वअमेरिकी विदेशमन्त्री माइक पोम्पेओसहित २७ जना वरिष्ठ ट्रम्प अधिकारीहरूलाई प्रतिबन्ध लगाएको थियो। बाइडन प्रशासनले त्यसलाई अनुत्पादक र निन्दनीय भनेको थियो।

  • ad space
  • सिफारिस
    लोकप्रिय