काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले मुलुकको समृद्धिका लागि ठूला भौतिक पूर्वाधार निर्माणलाई गति दिनुपर्ने बताएका छन् ।
नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवन शिलान्यास गर्दै मन्त्री नेम्वाङले देशको विकासका लागि ठूला भौतिक पूर्वाधार निर्माणमा जोड दिएका हुन् ।
मुलुकमा नयाँनयाँ सुरुङमार्ग, रेलमार्ग, एयरपोर्ट, सिँचाई आयोजना निर्माणको चरणमा रहेको उल्लेख गर्दै उनले यस्ता पूर्वाधार निर्माणमा इन्जिनियरिङ क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताए ।
सिफारिस
लोकप्रिय