• vacancy ad
  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच छलफल

  • Ad Space available
  • काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज साँझ राष्ट्रपति भवनमा समसामयिक विषयमा छलफल भएको छ।

    “सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो। यो नियमित भेटवार्ता हो”, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने।

    प्रधानमन्त्रीको शपथग्रहणपछि देउवाले पहिलो पटक राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। यसअघि राष्टपति भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार नै भेट भएको थियो।

    सिफारिस
    लोकप्रिय