काठमाडाैं। सर्वोच्च अदालतले एक महिनाअघि अनिवार्य अवकाश पाएका सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) प्रवीण श्रेष्ठलाई सेवामै राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज डीआईजी श्रेष्ठलाई सेवामै राख्न उक्त आदेश जारी गरेको हो। सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार डीआईजीको चारवर्षे कार्यकाल पूरा गरेर उनले गत असार ८ गते अनिवार्य अवकाश पाएका थिए।
डीआईजीको कार्यकाल चार वर्ष पूरा भए पनि सशस्त्र प्रहरी मुख्यालयको सिफारिसमा थप एक वर्ष कार्यकाल थप्न सकिने कानूनी प्रावधान भएको र सोहीअनुसार श्रेष्ठको पदावधि थप्नसकिने व्यवस्था थियो।
कार्यकाल थप नगरिएकोविरुद्ध श्रेष्ठले यही साउन ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
सिफारिस
लोकप्रिय