• vacancy ad
  • थप २,९७७ सङ्क्रमित थपिए, १८ जनाको मृत्यु

  • Ad Space available
  • काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन्।

    १३ हजार ६९८ को पीसीआर र तीन हजार ६१० को एन्टिजेन परीक्षणमा २ हजार ९७७ जनामा संक्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    ad space

    पछिल्लो २४ घण्टामा १८ जनाको कोभिडका कारण मृत्यु भएको छ। हाल मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, नवलपरासी पूर्व, कास्की र रुपन्देही गरी देशभरका १० जिल्लामा सक्रिय सङ्क्रमित ५०० भन्दा बढी रहेका छन्।

    २४ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० भन्दा बढी रहेको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा पाँच हजार ७८२, ललितपुर एक हजार ११६ र भक्तपुरमा ९४७ सक्रिय सङ्क्रमित रहेका छन्।

    हालसम्म देशभरमा गरी ३५ लाख १७ हजार ८८९ जनाको पीसीआर र दुई लाख ८२ हजार १७९ को एन्टीजेन विधिबाट परीक्षण भएको छ।

    अहिलेसम्म पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा पोजेटिभ छ लाख ७६ हजार ७०८ देखिएका छन्। हालसम्म सङ्क्रमितमध्ये छ लाख ३९ हजार ३६८ लाई निको भएको छ। सङ्क्रमितमध्ये निको हुने दर ९४ दशमलव पाँच प्रतिशत रहेको छ। हालसम्म नौ हजार ६७९ को मृत्यु भएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय