• vacancy ad
  • एमाले नेता भीम रावलले सांसदबाट दिएको राजीनामा फिर्ता

  • Ad Space available
  • काठमाडाैं। नेकपा (एमाले) का उपाध्यक्ष डा.भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्।

    संघीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले डा.रावलले सभामुख अग्निप्रसाद सापकोटालाई दिएको राजीनामा फिर्ता लिएको जानकारी दिए।

    गत असार २८ गतेको सर्वाेच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभामा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन यही साउन ३ गते एमालेभित्रको आन्तरिक विवादका कारण डा.रावलले राजीनामा दिए।

    डा.रावलले सत्ताको खेल अराजनीतिक र अस्वस्थ बन्दै गएकामा चिन्ता व्यक्त गर्दै राजनीनामा दिएको बताएका थिए।

    सिफारिस
    लोकप्रिय