• vacancy ad
  • ओलीले निम्तो नपाएको कार्यक्रममा ६ शीर्ष कम्युनिष्ट नेताले भाषण गर्ने

  • Ad Space available
  • काठमाडौं – पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार ६ जना कम्युनिस्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा ६ शीर्ष कम्युनिस्ट नेताहरूले सम्बोधन गर्ने भएका हुन्।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र चन्द्रदेव जोशीसहित ६ जना कम्युनिस्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका हुन्।

    छरिएर रहेका कम्युनिस्ट नेताहरूले पहिलोपटक एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन्। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षलाई भने बोलाएको छैन।

    सिफारिस
    लोकप्रिय