• vacancy ad
  • न एकता नत सम्बन्ध विच्छेद : शंकर पोखरेल

  • Ad Space available
  • काठमाडौँ । नेकपा एमालेका नेता शंकर पोखरेलले पार्टीभित्र न एकता न विभाजनको अवस्था लामो समय रहेको भन्दै चिन्ता प्रकट गरेका छन्।

    सर्वोच्च अदालतले नेकपा भंग गरी पुनःस्थापना गरेयता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुई पक्षका विभाजित छ। तर कानुनी रूपमा अझै फुटिसकेको छैन। एकताका लागि वार्ता जारी नै छ, तर अहिलेसम्म निष्कर्ष आएको छैन।

    ad space

    यसरी अन्योलको अवस्थामा पार्टी लामो समय रहनु स्वयं एमाले, कम्युनिस्ट आन्दोलन र नेतृत्व कसैकोको पनि हितमा नहुने लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसमेत रहेका पोखरेलले टिप्पणी गरेका हुन्।

    ‘न एकता नत सम्बन्ध विच्छेदको अवस्था लामो समय रहनु पार्टी, आन्दोलन र नेतृत्व कसैको हितमा हुँदैन,’ पोखरेलले भनेका छन्, ‘१० बुँदे सहमतीमा एकताबद्ध भइ अघि बढौं।’

  • ad space
  • सिफारिस
    लोकप्रिय