• vacancy ad
  • आजको मौसम : यी प्रदेशम भारी वर्षा

  • Ad Space available
  • काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रही कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश १, लुम्बिनी तथा वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    ad space

    विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश १, वाग्मती, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभाबना रहेको हुनाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरेखोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय