• vacancy ad
  • वन्यजन्तुको आक्रमणबाट एक जनाको मृत्यु

  • Ad Space available
  • चितवन। माडी नगरपालिका–१ पाण्डव नगरमा एक जनाको शव फेला परेको छ।

    बुधबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र तामा खोज्न पसेका स्थानीयवासी ४५ वर्षीय राजकुमार बोट आज बिहान मृत अवस्थामा फेला परेका हुन्।

    इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक झलक शर्माकाअनुसार निकुञ्ज नजिकै बारीमा आज बिहान साढे ९ बजे उनको शव फेला परेको हो।

    बोटको मुखमा कोतरिएको र बायाँ तिघ्रामा घाउ रहेको छ। बोटलाई भालुले आक्रमण गरेको हुनसक्ने प्रहरीले अनुमान छ।

    सिफारिस
    लोकप्रिय