• vacancy ad
  • जसपाको आधिकारिकताबारे आज निर्वाचन आयोगको इजलासमा बहस हुँदै

  • Ad Space available
  • काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद समाधान गर्न निर्वाचन आयोगको इजलास आज बिहीबार बस्दै छ । आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ।

    यसअघि आइतबार बहस गर्दै आयोगले जसपाको दुवैपक्षलाई आधिकारिक कागजात बुझाउन भनेको थियो।

    ad space

    दुवैपक्षले बुझाएको प्रमाण तथा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ।

    राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ।

    आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो।

  • ad space
  • सिफारिस
    लोकप्रिय