• vacancy ad
  • आज पनि एमालेको केन्द्रीय कमिटीको बैठक

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने एमालेले जनाएको छ ।

    यसअघि बुधबारको बैठकले चारओटा विशेष प्रस्ताव पारित गरेको थियो । बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकाल्दै कानुनको अपख्याबाट सरकार बनाइएको ठहर गरेको थियो ।

    ad space

    सर्वोच्चको फैसला संविधान र जनताको चाहना विपरीत भएको निष्कर्ष निकाल्दै बैठकले त्यसबारे जनतामाझ जाने प्रस्ताव पनि पारित गरेको थियो ।

    केपी शर्मा ओली नेतृत्वको सरकारले घेरबन्दीकाबीच पनि ऐतिहासिक काम गरेको ठहर गरेको निष्कर्ष निकालेको बैठकले पछिल्लो राजनीतिक अवस्थाबाट निराश नहुन सम्पूर्ण कार्यकर्ता तथा सुभचिन्तकलाई आग्रह गरेको छ ।

    त्यस्तै आफूहरू फेरि पुरानै ठाउँमा ‘कम्ब्याक’ हुने बैठकले निष्कर्ष निकालेको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय