• vacancy ad
  • मन्त्री छान्न माओवादी बैठक बस्दै

  • Ad Space available
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे हुने बैठकमा सरकारमा मन्त्रीका रुपमा पठाइने नेताहरुका बारेमा छलफल हुने बताइएको छ ।

    सरकारमा सहभागी हुन आकांक्षीहरुको माओवादी केन्द्रमा शीर्ष नेताका घरमा ‘डेलिगेसन’ आउन थालेपछि नेताहरुले बैठक बसेरै यस बिषयलाई टुङ्ग्याउन लागेका हुन् । माओवादीले सरकारमा नयाँ अनुहारलाई पठाउने स्पष्ट अनौपचारिक घोषणा गरेपनि बैठकको माध्ययमबाटै औपचारिक निर्णय गराउन खोजेका छन् ।

    ad space

    मंगलबार पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल विस्तारका विषयमा प्रधानमन्त्री शेर बहादुर देउबासहित गठबन्धनका शीर्ष नेताहरुलाई भेटी छलफल गरेका छन् ।

    प्रधानमन्त्री देउबाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्ताको तयारी गरेका छन् । दलहरुका बीचमा भागबन्डानमिलेकाले मन्त्रिपरिषद् विस्तारमा समस्या पैदा भएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय