एजेन्सी। चीनको राजधानी बेइजिङमा १८ वर्षमाथिका ९० प्रतिशत व्यक्तिलाई कोभिड–१९ बिरूद्धको दुबै खोप लगाइसकिएको स्थानीय अधिकारीले बताएका छन्।
प्राप्त जानकारी अनुसार बेइजिङमा एक करोड ७६ लाखभन्दा बढी वयस्क व्यक्तिलाई खोप लगाइएको बेइजिङको स्थानीय प्रशासनले पुष्टि गरेको छ। यो सङ्ख्या बेइजिङको वयस्क नागरिकको जनसङ्ख्याको ९०.६ प्रतिशत हो।
नगरपालिका प्रशासनले भनेको छ, “चिनियाँ राजधानीमा जन–खोप अभियान अन्तर्गत कोभिड–१९ विरूद्धको तीन करोड ६१ लाखभन्दा बढी खोपको मात्रा लगाइसकिएको छ। यो सङ्ख्या वयस्क सङ्ख्याको ९५.६ हो अर्थात् बेइजिङमा ९५ प्रतिशतभन्दा बढी बयस्क व्यक्तिलाई कम्तीमा एक मात्रा खोप लगाइएको छ।
बेइजिङमा मङ्गलबारदेखि १२ बर्षदेखि १७ बर्ष उमेर समूह (नाबालिग) लाई कोभिड–१९ बिरूद्धको खोप लगाउन थालिएको नगर प्रशासनले जनाएको छ ।
सिफारिस
लोकप्रिय



