• vacancy ad
  • कक्षा १२ को परीक्षा साउन ३१ देखि हुने

  • Ad Space available
  • काठमाडौं। कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुने भएको छ।

    परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

    विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन्।

    परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन बिदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ।

    गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि स्थगित गरिएको थियो।

    यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

    सिफारिस
    लोकप्रिय