• vacancy ad
  • लागूऔषध कारोबारी वडाअध्यक्ष पक्राउ

  • Ad Space available
  • काठमाडौं । लागूऔषध ब्राउन सुगरसहित पर्साका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पकहाँ मैनपुर गाउँपालिका–१ का वडाध्यक्ष अमिरिका सहनी छन्।

    उनीसहित पर्सा पकाहामैनपुर–१ का ४० वर्षीय बलिष्टर सहनी र सोही ठाउँका ५२ वर्षीय रामआदेश सहनीलाई पनि ब्राउनसुगरसहित पर्सा प्रहरीले पक्राउ गरेको हो।

    ad space

    इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट पक्राउ गरेको हो। सरकारी नम्बर प्लेटको बा १ ब ३५९५ र ना ६२ प १९४२ मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा ब्राउन सुगर भेटिएको हो।

    वडाध्यक्षले चलाएको सरकारी मोटरसाइकलको फिल्टर बस्कबाट ७९ ग्राम ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय