• vacancy ad
  • सानेपामा भारतीय नागरिकको हत्या, अभियुक्त पत्ता लागेन

  • Ad Space available
  • काठमाडौं– सानेपास्थित गुसिटोलमा बस्ने भारतीय नागरिक ५९ वर्षीय सत्यनारायण पारिखको ‘हत्या’ भएको दुई हप्ता बितिसक्दा अनुसन्धानमा केही प्रगती भएको प्रहरीले बताए पनि अहिलेसम्म अभियुक्तको पहिचान हुन सकेको छैन।

    विभिन्न पाटोबाट अनुसन्धान र विश्लेषण गरेको दुई हप्ता भइसक्दा अभियुक्त पहिचान गर्ने केही सुराक भने प्रहरीले पाएको छ। यद्यपि, अभियुक्त पहिचान गर्न अहिलेसम्म त्यो पर्याप्त हुन सकेको छैन।

    ad space

    असार २० गते सत्यनारायण आफ्नै डेरा कोठामा मृत भेटिएपछि अनुसन्धानमा जुटेका जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अहिलेसम्म उक्त घटनालाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेका छन्। अनुसन्धानमा संलग्न अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकृतका अनुसार सिसी टिभी फुटेजमा घटनासँग मेल खाने केही दृश्य कैद भए पनि त्यो पर्याप्त हुन सकेको छैन।

    पारिखको शव भेटिएपछि वरपरका सिसी टिभी क्यामेराका अनुसन्धान गर्दा दुई वटा मोटरसाइकलमा चार जना घटनास्थल नजिकसम्म आएको दृश्य कैद भएको छ। पारिख बस्ने घरअघिसम्मको दुई वटा मोटरसाइकलमा चार जना आएको दृश्य कैद भए पनि उनीहरु घरभित्रै छिरेको भने देखिँदैन।

  • ad space
  • सिफारिस