• vacancy ad
  • आजको मौसम : देशरैभरी भारी वर्षा

  • Ad Space available
  • काठमडौं । मनसुन सक्रिय हुँदा आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

    काठमाडौं उपत्यकामा पनि आज दिउँसो सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

    ad space

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

    भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने जनाएको विभागले यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाअउन आग्रह गरेको छ ।

    बिहीबारसम्म मनसुन सक्रिय रहने र त्यसपछि केहीदिन तुलनात्मक रुपमा केही कमजोर हुने मौसमविद् मानन्धर बताउँछिन् । ‘अबको तीनदिन मनसुन सक्रिय रहन्छ । त्यसपछिको केही दिन भने मनसुन कमजोर हुँदा वर्षा पनि कम हुने देखिन्छ,’ उनी भन्छिन्, ‘न्यून चापीय रेखा तराईको भू–भाग नजिक रहेकाले प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा पनि यो तीन दिन मध्यम र भारी वर्षा हुने छ । त्यसैले सतर्क हुनुपर्ने छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय