• vacancy ad
  • कोरोनाबाट २४ घन्टामा १४ जनाको मृत्यु, २ हजार ६१८ नयाँ संक्रमित

  • Ad Space available
  • काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा १४ जनाको मृत्यु भएको छ भने २ हजार ६१८ जना नयाँ संक्रमित थपिएका छन् ।

    देशभरका प्रयोगशालामा ८ हजार ६६८ पीसीआर परीक्षणमा २ हजार ४८६ जनामा र सीमा नाकाहरुमा १ हजार १४३ जनाको एन्टिजेन परीक्षणमा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    ad space

    हाल नेपालमा १६ हजार ८२८ सक्रिय संक्रमित पुगेका छन् । हालसम्म कोरोनाबाट नेपालमा ३ हजार १३६ जनाको मृत्यु भइसकेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार सबभन्दा धेरै काठमाडौंका ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बाँकेमा ३५२, रुपन्देहीमा २६८, दाङमा १७२ र ललितपुरमा १४१ जना संक्रमित थपिएका छन् ।

  • ad space
  • सिफारिस