• vacancy ad
  • माधव नेपाल समूह सरकारमा जाने तयारी गर्दै, ओलीलाई झनै त्रास

  • Ad Space available
  • काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्ष सरकारमा जाने विषयमा चर्चा हुन थालेको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेपाल पक्ष सरकारमा जाने विषयमा चर्चा सुरु भएको हो।

    सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खासगरी नेपाललाई लक्षित गरेर दिएका अभिव्यक्तिलाई हेरेर एकताको प्रयत्न गरिरहेका कतिपय नेताले पनि अब एकताको विन्दु निकै टाढिएको बताउन थालेका छन्। अन्ततः अलग–अलग हुने भएपछि नेपालपक्ष सरकारमा जान सक्ने ओली पक्षका नेताहरुले पनि दाबी गर्न थालेका छन्।

    ad space

    नेपाल पक्षका एक नेताले उपप्रधानमन्त्रीसहित ६ मन्त्रालय लिएर सरकारमा सहभागी हुनेगरी छलफल चलिरहेको बताए।

    वर्तमान सरकार बनाउन निर्णायक भूमिका खेलेका नेता नेपालले नै सरकारमा सहभागी हुने संकेत देखाएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए। ‘ठोस कुरा भइसकेको होइन, तर संकेत देखिएको छ’, उनले भने।

    नेपाल पक्षका अर्का एक नेताले सरकारमा जान सकिने बताए। उनले भने, ‘सरकारमा जाने सम्भावना छ। विश्वासको मत लिने क्रममा अर्को पक्षका पनि सांसद आएकाले क–कसलाई पठाउने भन्नेबारे छलफल भइरहेको छ। नाममा हेरफेर हुनसक्छ।’

    एमाले अध्यक्ष ओली पक्षका आठ सांसदले प्रधानमन्त्री देउवालाई मत दिएका थिए। ओली पक्ष समेत माधव समूहमा जोडिएकाले मन्त्रीमा उक्त पक्षबाट आएकाहरुलाई पनि समावेश गरिने उनले बताए।

    प्रधानमन्त्रीसहित कांग्रेसले ७, माओवादी केन्द्ररमाधव पक्ष र जनता समाजवादीले ६÷६ गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनाउने प्रारम्भिक सहमति दलहरुबीच बनेको प्रधानमन्त्री देउवानिकट कांग्रेसका एक नेताको दाबी छ। देउवानिकट रहेका ती नेताले भने, त्यही समझदारीअनुसार नै अघि बढ्ने हो।’

    देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको जनमोर्चा भने मन्त्रिपरिषद्‌मा सहभागी नहुने भएको छ। देउवा नेतृत्वको सरकारमा तीनभन्दा बढी उपप्रधानमन्त्री हुने सम्भावना रहेको पनि कांग्रेसका ती नेताले बताए।

    नेपालपक्षबाट उपप्रधानमन्त्रीसहित ६ जना मन्त्री बन्ने दाबी गरिएको छ। उपप्रधानमन्त्रीका रुपमा बामदेव गौतमको नाममा चर्चा भइरहेको छ भने मन्त्रीका रुपमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, प्रेम आले, कृष्णकुमार श्रेष्ठ, गोपाल बम, कल्याणी खड्का, हिराचन्द्र केसी, कलिला खातुन, धनबहादुर बुढालगायतको नाम चर्चामा छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय