• vacancy ad
  • ओलीनिकट सांसदले पनि दिए देउवालाई विश्वासको मत

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षका सांसदहरुले समेत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्।

    विश्वासको मत दिनेमा केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आले समेत छन्।

    ad space

    त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन्। उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै लबीमा प्रवेश गरेका छन्।

    डोल्पाका सांसद धनबहादुर बुढा, मुगुका गाेपाल बमले समेत देउवालाई विश्वासको मत दिएका छन्। समानुपातिक सांसद समिना हुसेनले पनि देउवालाई विश्वासको मत दिएकी छन्। यसअघि उनीहरू केपी ओली पक्षमा थिए।

    एमालेले विश्वासको मत दिने सांसदहरू एमालेमा नरहने निर्णय गरेकाे छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय